तपाईँ सुन्दै हुनुहुन्छः

बसले ट्रकलाई ठक्कर दिँदा बसमा सवार बालकको मृत्यु , ९ जना घाईते

चितवन ।  पुर्वी चितवनको खैरहनीमा बसले ट्रकलाई पछाडीबाट ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । अन्य नौजना घाईते भएका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित तरकारी चोकमा जलेश्वरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं. को बसले सोही दिशाबाट गई रहेको ना ६ ख १५०६ नम्बरको ट्रक लाई पछाडी बाट ठक्कर दिँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृत्यु हुनेमा महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलको ८ महिनाको नाबालक छोरा सत्यम मण्डल रहेको प्रहरीले जनाएको छ । ठक्करबाट घाइतेभएका मध्ये ३ जनाका अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा महोत्तरी बस्ने बर्ष ४० का सहदेब महतो (अवस्था गम्भिर), सोही स्थान बस्ने बर्ष १९ का हरी शंकर सिँह (अवस्था गम्भिर), भारत सितापुर बस्ने बर्ष ४० का हरि राम (मध्यम), महोत्तरी बृर्ता बस्ने बर्ष १० की अनुष्का राम (सामान्य), सोही स्थान बस्ने बर्ष २० की रिना देबी राम (मध्यम), औरही ७ बस्ने बर्ष २५ का सचिन यादब (सामान्य), मनोरसा ६ बस्ने बर्ष ३५ का गुन्दो मण्डल (मध्यम), उनकी श्रीमती बर्ष २५ की सरिता मण्डल (गम्भिर) र उनकै छोरा बर्ष ३ को शिबम मण्डल (मध्यम) रहेका छन् । उनिहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

ठक्कर दिने बसका चालक फरार भएका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button