मुक्तिनाथ बैंकमा आगलगी लाखौँको क्षति

बीरगंज । बीरगंजको लिंक रोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा गएराती आगलगी हुदाँ लाखौँको क्षति भएको छ ।
गएराती ११ः०० बजे भएको आगलगीबाट बैंकमा रहेको एक दर्जन कम्युटर, तीन थान प्रिन्टर, दुई थान सेट सोफा, भार थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलगीबाट बैंकको महत्वपुर्ण कागजात, मौज्दात रकम सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
आगलगीबाट बैंकको २० लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
बिद्युत सर्टको कारण आगलगी भएको र बीरगन्ज महानगरपालिकाको दुइ वटा दमकल , नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बैंकका सुरक्षा गार्डले बैंकभित्र अचानक आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्