तपाईँ सुन्दै हुनुहुन्छः

देशका यी स्थानमा बर्षा र हिमपात

काठमाडौं – शनिबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भेगका केही स्थानमा पानी पर्ने जनाइएको छ । त्यस्तै आज देशको उच्च पहाडी तथा हिमाली भेगका स्थानमा हिमपात हुने जनाइएको छ ।

त्यस्तै पहाडी भुभाग बाहेक देशका अन्य स्थानमा आज दिउँसो एकैछिन घाम लाग्ने जनाइएको छ । आज उच्च पहाडी र हिमाली भेगमा हल्का पानी पर्ने र हिमपात हुने सम्भाना रहेको छ । तराई भेगमा भने बिहानैदेखी कुहिरो लागेको छ ।  कुहिरोको कारण घाम लाग्न कठिन हुने जनाइएको छ ।

मौसम विश्लेषण)

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था )

हाल देशको मध्य तथा पश्चिमी पहाडी भू-भागमा आशिंक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते (शनिबार)

दिउँसोः : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
तराईका केही स्थानहरुमा हुस्सु/कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ। साथै पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button