तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताउनुभएको छ । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उहाँले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताउनुभयो ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्‍याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।”

सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उहाँको भनाइ छ । अर्थमन्त्री डा महतले भन्नुभयो, “यसमा हामीले न्यून मात्रै कर लगाउने व्यवस्था गरेका छौँ । त्यसबाट यो व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुआत गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।”

राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताउनुभयो । उहाँका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button