धनगढी एफसी एनएसएलको प्लेअफमा छनोट
काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा छनोट भएको छ ।
शुक्रबार दशरथ रङ्गशालामा शीर्ष स्थानको पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।
पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
धनगढीले सुरुवाती अग्रता ४२ औँ मिनेटमा मिलन राईको गोलमा लिएको थियो ।
खेलको अन्तिम मिनेटमा प्राप्त फ्रिकिकमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गर्दै धनगढीसँग अङ्क खोस्न सफल भए ।
दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अङ्क जोड्यो । शीर्ष स्थानको पोखराले १५ अङ्क जोड्यो । क्वालिफायरको समीकरण ललितपुर, झापा र काठमाडौँको खेलको नतिजाले तय गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्