‘सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी’, कारवाही गरिने
काठमाडौं । फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।
राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो । त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो ।
इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको र त्यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्छ त्यसरी नल्याएको पाइएमा कारवाही गरिने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्