तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल नारायणगढ सडक : ५ वर्षमा ४४ प्रतिशत काम, नागरिक आजित

नवलपरासी I बुटवल नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र काम भएको छ ।  

ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्रीको अभावको बहाना बनाउँदै काममा ढिलाइ गरेको हो । सडक विस्तारको काम ढिलो हुँदा यस क्षेत्रका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्न बाध्य छन् । 

२०७५ साल माघमा काम सुरु गरेर तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने काम दुई पटक म्याद थप गर्दा समेत ५० प्रतिशत पनि काम हुन नसक्दा यात्रु र स्थानीयले दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तर ठेकेदार कम्पनीले भने अहिले कामले तीव्रता लिएको र २०८१ पुष मसान्त सम्ममा काम सक्ने दाबी गर्दै आइरहेको छ । “अहिले काम तीव्र गतिमा नै छ कुनै बाधा अड्चन नभै सरासर काम गर्ने अवस्था भयो भने अब तोकेकै समयमा सक्छौ”चाईनास्टेट कर्पोरेसनका इन्जिनियर राकेश झाले भन्नू भयो ।

बाटोको दुरा अवस्थाले यो बाटो भएर यात्रा गर्ने आम सर्वसाधारण आजित भएका छ।”धुलो उड्यो भनेर पानी हाल्छन्,दिनमै कयौँ बाइक चिप्लिएर दुर्घटना भएको छ”ढिलासुस्तीले बाटो बन्ने बेला सम्म कतिको ज्यान लिने हो”बर्दघाट    निवासी तुलसीराम न्यौपानेले गुनासो गर्नु भयो ।

१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सडक २०८१ को म्याद असार मसान्त सम्म मात्र छ । तर , यस अवधिमा ७५ प्रतिशत मात्र काम सकिने ठेकेदार कम्पनीको भनाई छ । सोही अनुसार तेस्रो पटक म्याद थप गर्ने ठेकेदार पक्षको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button