ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको पिपिरामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगरको सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त–७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ख–७६७० नम्बरको ट्रकले ठक्कर दिँदा जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रकसँगै ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु भएको सुर्खेतमा प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज पन्तले जानकारी दिनुभयो ।
चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाउनु परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्