आज पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना

काठामाडौँ । आज देशको पुर्वी तथा मध्य पहाडी भू- भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
भोली शनिबार देशको पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहनुकासाथै उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।
त्यस्तै पर्सी आइतबार देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्