तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट मनग्गे आम्दानी

जाजरकोट । जाजरकोटमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् ।
जिल्लाका अधिकांस स्थानमा काउली, बन्दा, खुर्सानी, भाटा, करेला, काक्रो, भिन्डी, आलु, लौका, तोरी साग, भाजी साग, टमाटर, चिचिन्डो, अदुवा लगायतका तरकारी उत्पादन हुने गरेको छ ।

यहाँका कृषकहरुले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा वेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको भेरी नगरपालिका १ कालेगाउँका तरकारी कृषक भद्रबहादुर बटालाले बताउनु भयो । तरकारी बेचेर एक सिजनमा करिब एक लाख देखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको बटालाले बताउनु भयो ।

तरकारी खेती आय आर्जनको लागि धेरै सजिलो छ, बटालाले भन्नु भयो । पहिले रोजगारीका लागि बर्षेनी भारतको कालापहाडमा कडा मजदुरी गर्नु पर्ने वाध्यता थियो । तर १०÷१५ बर्ष यता के खाउ“ के लाउ“ र रोजगारी खोज्न कता जाऔं भन्ने पिरलो हराएको उहाँको भनाई छ ।
सिंचाईको सुविधा भएपछि सुख्खा पाखोबारीमा तरकारीले हराभरा हुने गरेको छ । किसानले वेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सफल भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले बताउनु भयो ।

स्थानीयले व्यवसायिक तरकारी खेतीबाट बार्षिक एक लाख देखि १० लाखसम्म आम्दानी गर्ने गरेका अधिकारीको भनाइ छ ।
तरकारी खेतीमा थोरै लगानीबाट धेरै आम्दानी हुने गरेपछि यसमा पछेल्लो समय कृषकको आर्कषण बढ्दै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button