तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकालाई शैक्षिक सामग्री प्रदान

रामपुर-नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा शाखाले सिबिआरको केयर सेन्टरमा रहेका १२ जना फरक क्षमता भएका बालबालिकालाई रु १५ हजार बराबरको शैक्षिकका सामग्री सहयोग गरिएको महासङ्घका अध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो ।

शारीरिकरुपमा तथा मानसिकरुपमा अपाङ्गता भएका छ बाmबालिकाबाट शुरुआत भएको सेन्टरमा हाल १२ रहेको सिबिआर पाल्पा कार्यक्रम संयोजक कृष्ण गहतराजले जानकारी दिनुभयो ।

सेन्टरभन्दा बाहिर २८ बालबालिका अपाङ्गता रहे पनि विविध समस्याले समेट्न नसकिएको उहाँले बताउनुभयो । ती बालबालिकालाई विभिन्न दातृ निकायको र विभिन्न व्यक्तिबाट राखिएको अक्षयकोष रकमबाट दैनिक व्यवस्थापन गरिदै आइएको जनाइएको छ ।

जिल्लामा एकमात्र विशेष विद्यालयका रूपमा सेन्टर विकास हुँदै गएको बताइएको छ । च्याउको बीउ वितरण पाल्पाको पूर्वखोला गाउँपालिकामा सुनौला हजार दिनका आमालाई च्याउको बीउ वितरण गरिएको छ । वडा नं २ को कार्यालयले वडाभित्र रहेका १०५ आमालाई च्याउको बीउ वितरण गरेको हो ।

एक व्यक्तिलाई पाँच वटा प्याकेटका दरले च्याउको बीउ वितरण गरिएको वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो ।  च्याउमा प्रोटिन, क्याल्सियम, आइरनजस्ता महत्वपूर्ण पोषकतत्व पाइने हुँदा हजारका दिनका आमाका लागि वडा कार्यालयले यस वर्ष च्याउ वितरण कार्यक्रम राखेको जनाएको छ । च्याउको नियमित सेवनले गर्भावस्था, सुत्केरी अवस्थामा रगतको मात्रा कमी हुनबाट बचाउने गरेको जल्पा स्वास्थ्यचौकीका प्रमुख पदमबहादुर दर्लामीले बताउनुभयो ।

च्याउ वितरणपछि वडाले च्याउखेती गर्ने प्रविधिसम्बन्धी हजार दिनका आमालाई तालीमसमेत प्रदान गरेको छ । वडाले च्याउको बीउ प्रदान गरेपछि हजार दिनका आमाहरु खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button