तपाईँ सुन्दै हुनुहुन्छः

फैलदै कोरोना भाइरस संंक्रमण : विश्वव्यापी संकटकालीन अवस्थाको घोषणा

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संकम्रण अन्य मुलुकमा पनि भयावह रुपमा फैलिएपछि विश्व स्वास्थ्यसंगठनले विश्वव्यापी सकंटकालीन अवस्थाको घोषणा गरेको छ ।

विश्व स्वास्थ संगठनका प्रंमुखले सकंटकालीन अवस्था घोषणाको कारण चीनमा संकम्रण बढ्नु नभई संकम्रणले विश्वव्यापी रुप लिनु भएको बताउनु भएको छ ।

उँहाले उक्त भाइरस कमजोर स्वास्थ्य पूर्वाधार भएका देशमा फैलिए त्यसले विकराल परिस्थिति सृजना हुने बताउनु भयो ।

कोरोना भाइरसको संक्रमणले चीनमा हालसम्म २ सय १३ को मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ संगठनले चीन बाहिर १८ देशका ९८ जनामा संकम्रण देखिएको तर हालसम्म कसैको मृत्यु नभएको जनाएको छ ।

संक्रमित हुने सबै जसो मानिसहरुले उक्त भाइरस सुरु भएको चीनको वुहान सहरको भम्रण गरेको पाइएको विश्व स्वास्थ संगठनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button