तपाईँ सुन्दै हुनुहुन्छः

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्युठानमा एकको मृत्यु

खलङ्गा (प्युठान) । प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

प्युठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । 

दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button