तपाईँ सुन्दै हुनुहुन्छः

सहिद दशरथचन्दको जन्म घरमै सहिद दिवस मनाइयो

बैतडी । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा बैतडीमा सहिद दशरथचन्दको जन्म घरमै सहिद दिवस मनाइएकोछ ।

सहिद दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गरि सहिद दिवस मनाईएको हो । बिहानै सहिदको घरसम्म बाजागाजा सहित ¥याली लगेर कोणसभा समेतको आयोजना गरिएको थियो ।

कार्यक्रममा सबैले सहिद दशरथचन्दको सालिकमा माल्याल्पर्ण गर्दै स्मरण गरेकाछन् । यसअघि सहित सप्ताहको अवसरमा दशरथचन्द नगरपालिका भित्र निशुल्क दन्त शिविर र बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button