तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधबार मकवानपुर–७ रमनाटारमा विद्यालय जाँदै गरेका उमेश प्रजालाई ट्रकले ठक्कर दिएको हो ।

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा अध्ययनरत अन्दाजी ७ वर्षका प्रजालाई चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकले ठक्कर दिएको थियो ।

विद्यालय जाँदै गरेका उनी ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरि लगिएको र थप उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button