गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयास जरुरी : राज्यमन्त्री प्रमिला कुमारी
वीरगञ्ज । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले मधेश प्रदेश शैक्षिक अवस्थामा कर्णाली प्रदेश भन्दा कमजोर रहेको हुँदा गुण स्तरीय शिक्षाका लागि सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्साद्वारा आयोजित साक्षर घोषणा तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री कुमारीले हालसम्म मधेश प्रदेशमा एउटा मात्रै पालिका साक्षर घोषणा हुनु दुःखद विषय भएको बताउनुभयो ।
शिक्षकहरू समेत अब पुरानो शैलीबाट नभई नयाँ शैलीमा प्रस्तुत हुनुपर्ने भन्दै उहाँले शिक्षकहरूले उठाएका माग र शिक्षक आन्दोलनपछि भएको सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख अशोक रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल शिक्षक महासङ्घका केन्द्रिय तीर्थराज यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्