तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिवास आदिवासी जनजाती कृषि पर्यटन तथा व्यापार महोत्सव आजबाट सुरु

बर्दिवास । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा बर्दिवास आदिवासी जनजाती कृषि पर्यटन तथा व्यापार महोत्सव आजबाट सुरु भएको छ ।

महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।

बर्दिवास क्षेत्रमा रहेको कृषि पर्यटन कला संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने र बर्दिवासलाई प्रदेश २ कै व्यापारिक केन्द्र बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिती महोत्तरीले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, प्रदेश २ का राज्यमन्त्री र प्रदेश सासंदहरुको सहभागिता रहेको छ । महोत्सवमा अतिथि लगायतले सम्बोधन गरीरहनुभएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

महोत्सव १६ गते देखि २५ गते सम्म लाग्ने आयोजकले जनाएको छ । महोत्सवको लागि ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button