तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरलाई ‘एआई’ क्यामरा हस्तान्तरण

चितवन । चीनको सिआन सिटीले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै भरतपुर महानगरपालिकालाई एआई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । 

सिआन सिटीका प्रतिनिधिले महानगरपालिकाका मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेको हो ।

पर्यटकीय पूर्वाधारको लागि उपयोगी मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्नसक्ने महानगरपालिकाले जनाएको छ । 

एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन विशेष क्षमता हुन्छ  । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्नेछ ।

चेम्बर अफ कर्मसका सेक्रेटरी डा.उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने जनाइएको छ  । बाँकी स्थानमा आवश्यक थप उपकरण ल्याउने छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट नयाँ अनुभव गर्न सक्नेछन्  । 

कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रचारप्रसार गर्न सकिनेछ । 

भरतपुर महानगरपालिकाभित्र मात्र प्रमुख सात पर्यटकीय गन्तव्यसहित तीन दर्जन पर्यटकीय स्थान छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button