तपाईँ सुन्दै हुनुहुन्छः

आयुशले पाए आमाकै थरबाट जन्मदर्ता प्रमाणपत्र

पाल्पा । जिल्लाको तानसेन नगरपालिका वार्ड नम्बर ६ ले आमाको थरबाट जन्मदर्ता जारी गरेको छ । तानसेन ६ का आयुश आलेको बिहीबार आमाको थरबाट जन्मदर्ता बनेको हो । बिस  २०६८ साल पुस १० गते जन्मिएका आलेको आमा रेनुका आलेको विवरण अनुसार जन्मदर्ता बनेको हो । 

तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनका अनुसार आयुशको बुबा तर्फका केही पनि नभएका कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ (१) ले केन्द्रिय पञ्जीकाधिकारी र १७ (२) ले स्थानीय पञ्जीकाधिकारीको रुपमा काम गर्ने जिम्मेवारी सुम्पिए अनुसार वार्डबाट आमाको थरमा जन्मदर्ता बनेको हो । 

सो अनुसार एकल महिलाबाट जन्मेका बच्चाको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरि आमाको थर र स्थायी ठेगाना राखी घटना दर्ता गर्ने गराउने समेत व्यवस्था रहेको वार्ड अध्यक्ष महर्जनले बताउनुभयो । यदि बच्चा मावलीमा बसेको छ र निजको आमा, बुबा, घरपट्टीका कुनै परिवार नभएको प्रमाणित भएमा मावलीकै ठेगाना राखेर वार्ड अध्यक्ष सूचक भई जन्मदर्ता गरिने व्यवस्था रहेकाले आयुशको सूचक आफु बसेको वार्ड अध्यक्ष महर्जनले बताउनुभयो । 

आयुशको  आमाको मृत्यु भइसकेको छ । भने, बाबु अहिलेसम्म बेपत्ता रहेको परिवार स्रोतले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button