दुई दिने राष्ट्रिय गजल महोत्सव सुरु

काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा काठमाडौंमा आजबाट राष्ट्रिय गजल महोत्सव सुरु भएको छ ।
दुई दिनसम्म चल्ने महोत्सवमा गजल वाचन तथा गायन, नेपाली गजल परम्परा सिद्धान्त र बहरको प्रयोग बारे विचार गोष्ठी र परिसंवाद हुने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली मौलिक गजल सिर्जनाबारे सातै प्रदेशबाट प्रादेशिक प्रतिवेदन पनि प्रस्तुत हुने नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्