तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसमा भद्रपुरका ६० जना ज्येष्ठ नागरक सम्मानित

भद्रपुर । ज्येष्ठ नागरिक संघ भद्रपुरले झापा भद्रपुरका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९आंै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संघले बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोगमा नगरको प्रत्येक वार्डका छ जना गरी १० वटा वडाका ६० जनालाई नगदसहित सम्मान गरेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा संघको नगर समिति अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठले एक सय चार वर्षसम्मका ज्येष्ठ नागरिकलाई नगदसहित जाडोमा ओढ्ने ब्ल्यांकेट वितरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरसँगै ज्येष्ठ नागरिकमैत्री नगर बनाउने अभियानलाई नगरपालिकाले तीव्रता दिइरहेको जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरुका लागि ५० हजार मूल्य बराबरको ब्लाङ्गकेट वितरण गरिएको थियो ।

जेष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान भन्ने नाराका साथ सम्पन्न सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव शंकर गौतमले गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष परमानन्द मिश्रले स्वागत र द्वितीय उपाध्यक्ष धनप्रसाद शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button