पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण अहिले दिउँसो पश्चिमी र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको र उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
आज राति पनि पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको र उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
भोलि बिहिवार पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भु-भागका १-२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।








प्रतिक्रिया राख्नुहोस्