तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तर बिउँ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना सञ्चालन

विराटनगर । गुणस्तर धानको बिउँ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशका चारवटा जिल्लमा बिउँ उत्पादन आपूर्ति तथा गुणस्तर नियन्त्रण प्रणाली सुदृढीकरण परियोजना सञ्चालनमा ल्याएको छ ।

जापान र नेपालका कृषि प्राविधिकको सहयोगमा कोशी प्रदेशका मोरङ,सुनसरी , उदयपुर तथा झापा जिल्लामा पाइलट प्रोजेक्टको रुपमा सो परियोजना सञ्चालनमा आएको  हो ।

कृषकहरूको गुणस्तरीय उन्नत बिउँको माग आपूर्तिसँगै बिउँ प्रतिष्ठापन दर वृद्धि गर्न   पाँच वर्षसम्म सञ्चालन हुने  सो परियोजनाले  गुणस्तरयुक्त  बिउँ उत्पादनका लागि  बिउँ उत्पादक कृषक समूह , कम्पनी तथा बिउँ उत्पादन गर्ने सहकारीलाई   प्राविधिक सहयोग गर्दै गुणस्तर बिउँ उत्पादनका विषयमा कृषि सम्बन्धी प्रदर्शनीको आयोजना गरिरहेको कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । 

नेपालमा अहिले डेढ सय बढी जातका धानको बिउँ उत्पादन भइसकेका छन् । त्यसमध्ये किसानले सातदेखि दश  प्रकारका जातका धानको बिउँ मात्र बढी प्रयोग गर्ने गर्दछन् । 

परियोजनाले धानको बिउँ उत्पादनका लागि कृषि ज्ञानकेन्द्र र स्थानीयतहको क्षमता विकासका विभिन्न पालिकमा गएर धान लगाएर  बिउँँ उत्तपादनगर्दै कृषकलाई अवलोकन गराइ रहेको छ । 

मोरङ जिल्लामा वार्षिक साढे चार हजार मेट्रिकटन धानको बिउँ आवश्यक हुन्छ । आवश्यक बिउँमध्ये ३५ देखि ४० प्रतिशत बिउँ जिल्लामा उत्पादन हुने गरेको र बाँकी बिउँ अन्य जिल्ला र   भारतबाट आउने गरेको छ । 

नेपाली बिउँको प्रयोग गर्दा उत्पादनको ग्यारेन्टी नहुने भएकाले धानका सिजनमा अधिकाधिक सिमावर्ती क्षत्रका किसानले भारतबाट बिउँ ल्याउने गरेको पाइन्छ । 

नेपालमा पनि उन्नत जातको गुणस्तर बिउँ उत्पादन भइरहेकाले परियोजना सम्पन्न भएपछि कोशी प्रदेशमा गुणस्तर बिउँ उत्पादन हुने सो बिउँले सबै किसानको माग पुरा गर्ने कार्यालय प्रमुख रामदेव सिंहले बताउनुभयो । 

  बिउँको गुणस्तर बढेकाले नेपालमा उत्पादित बिउँको प्रयोग गर्न  किसानहरूलाई उहाँले अव पाँचवर्ष पछि कोशी प्रदेशमा गुणस्तर बिउँको अभाव नहुने उहाँको दाबी छ । 

 भारतबाट किसानले ल्याउने बिउँमा कुनै प्रकारको गुणस्तरको छाप समेत नहुने गरेकाले यस्ता बिउँको प्रयोगले उत्पादन वढेपनि त्यस्ता बिउँमा रोग किरा बढी लाग्ने र माटोको पोषक तत्त्व घटने कृषि विज्ञको भनाई छ ।  

परियोजना सञ्चालनका लागि जापानबाट नेपाल आउने भएका जाइकाका प्रतिनिधि यो बिउँले धानको उत्पादन बढाउन जापान सरकारको प्राविधिक सहयोगमा परियोजना सञ्चालनमा आएको बताउनुभयो ।

 जाइका परियोजनाका कोडिनेटर विरेन्द्र  बस्नेतले परियोजनाले गुणस्तर बिउँ उत्पादनका लागि जोड दिएको र गुणस्तर बिउँ प्रयोगमा अएपछि नेपालको धान उत्पादन १० देखी १५ प्रतिशतले वृद्धि हुने दाबी गर्नुभयो । 

परियोजनाले अहिले चारवटै जिल्लामा पुगेर स्थानीय तहको कृषि प्राविधिकलाई विभिन्न प्रकारको तालिम दिँदै स्थानीयतहमा बिउँको माग र आवश्यकताका विषयमा जानकारी लिने काम गरिरहेको परियोजना कोडिनेटर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button