तपाईँ सुन्दै हुनुहुन्छः

स्नातकोत्तर गरी मूर्तिकारमा जमेका डाँगीको गजबको आम्दानी

सल्यान । बागचौर नगरापालिका ९ धामीढुंगाका टोपेन्द्र डाँगीले मूर्तिकार पेसाबाट गजबको आम्दानी गर्दै आइरहनु भएको छ । स्नाकोत्तर गरेका डाँगीले मुर्ति र शिलालेखबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आइरहनु भएको हो ।

दुई जनाको पारिश्रमिक, घर खर्च कटाएर मासिक ५० हजार आम्दानी हँुदै आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो सल्यानमा मुर्ति र शिलालेख बनाउने म मात्रै हो बिभिन्न विद्यालय सार्वजनिक स्थलमा मुर्ति बनाउन धेरै ठाउँबाट माग हुने गरेको छ ।

मूर्तिको साइज अनुसार १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको डाँगीले बताउनुभयो ।

स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भईरहेको अवस्थामा डाँगीले दुई जनालाई रोजगारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button