तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशसभाको रिक्त दुई समितिको सभापति निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त रहेको दुई वटा समितिले आज सभापति प्राप्त गरेको छ । दलीय सहमतिको आधारमा नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीले ती दुई समितिका सभापति पाएका छन् ।

एक वर्ष पछि प्रदेश सभाको कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य संजय कुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट रत्नेश्वरलाल गोईत सर्वसम्मतिले निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित हुनु भएका सभापतिहरूलाई प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । नव निर्वाचित सभापतिलाई सभामुख मण्डल सहित प्रदेश सभाका सदस्यहरु तथा विभिन्न दलका नेताहरूले सफल कार्यकालका लागि शुभकामना दिँदै स्वागत गर्नु भएको छ ।

यसै बीच प्रदेश सभाको आजको बैठकको विशेष समयमा बोल्नै अधिकांश प्रदेश सभाका सदस्यहरुले नव निर्वाचित सभापतिहरूलाई सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो । यसरी शुभकामना दिनु हुनेमा नेकपा एमालेका हरिनारायण महतो, जनता समाजवादी पार्टी नेपालका तर्फबाट मनिष सुमन रहनु भएको छ ।

उहाँहरूले प्रदेश सरकारले प्रदेश सभा तथा समितिहरूले राम्रोसँग काम नगरोस् भन्ने पक्षमा रहने गरेको आरोप लगाउँदै समितिहरू आफैमा सिङ्गो संसद् भएको र सरकारको कमी कमजोरीलाई औँल्याउने गरेका कारणले नरुचाउने गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button