जनकपुरधामको सर्टरहरुको वैज्ञानिक भाडा निर्धारण गर्न माग

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरधाम उपमहानगरपालिका नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको सर्टरहरु वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष मनिष रमण साहको नेतृत्वमा व्यापारीहरूले जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहलाई आज ज्ञापन पत्र बुझाउने यस्तो माग गरेको हो ।
व्यापारीहरू चौतर्फी मारमा परेको बेला चर्को घरभाडा र घर धनीले एडभान्स लिने गरिएकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष साहले जानकारी दिनु भएको छ ।
जनकपुरधामको सडक चौडाइ गर्ने कममा व्यावसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुट हुँदा वर्षभरि नै व्यवसाय चौपट भएको’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैङ्क व्याज दरले असर परेको हुँदा यस क्षेत्रका सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठुलै मारमा पारेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
व्यावसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
जनकपुरधामको कतिपय सर्टरहरू व्यापारीहरूले आर्थिक मन्दीका कारणले खाली पनि गरेको छ । चर्को भाडाका कारणले व्यापारीहरूले सर्टर खाली गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्