पोखरा रंगशालाको क्रिकेट निर्माण गरी स्तरीयता दिन्छौंः पूर्व प्रधानमन्त्री ओली
पोखरा । मदन भण्डारी स्पोट्र्स एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको क्रिकेट मैदान निमार्ण गरी स्तरीयता दिने बताउनुभएको छ ।
पोखरा रङ्गशालामा आज( बिहीबार) देखि सुरु भएको केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० को उद्घाटन गर्दै उहाँले पोखरा रंगशालाको क्रिकेट मैदानको उपयुक्त ढंगले निमार्ण गरी स्तरीयता दिने बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री ओलीले जबसम्म खेलाडीहरू व्यवसायीक बन्न सक्दैनन् तबसम्म खेलकुदको विकास नहुने बताउनुभयो । पूर्ण रुपमा जबसम्म व्यावसायिक रुपमा खेलाडीहरू हुन सक्दैनन् तबसम्म राज्यले मात्र चाहेर खेलकुदको विकास नहुने उहाँको भनाई थियो ।
खेलाडीहरूलाई प्रोत्साहन गर्ने, खेलकुदको लागि अनुकूलको वातावरण मिलाउने, खेललाई गौरवको विषय र क्षमताको विषय पनि बनाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री ओलीले एकेडेमीले सुरु गरेको उक्त प्रतियोगितालाई अझ भव्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी (रातो) टिम बिच खेल सुरु भएको छ । राष्ट्रिय टिमका चर्चित खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले व्याटिङ्ग गर्दै छ भने एकेडेमीले बलिङ गर्दै छ ।
उक्त प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री एवं एमालेका अध्यक्ष ओलीले व्याटिङ्ग र पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरी गर्नुभएको हो ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम सहित १२ टिम सहभागी भएको एकेडेमीका गण्डकी इन्चार्ज राजेश कुमार गुरुङले बताउनुभयो ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो । त्यसै गरी दोस्रो हुने टिमले २ लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त खेल आइसिसीको नियम अनुसार खेलाइने टि–ट्वान्टी उक्त प्रतियोगिताको म्यान म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । यही मङ्सिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ ।
’सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ अर्थात् १ जनवरी २०१० मा जननेता मदन कुमार भण्डारीको नामबाट मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्