तपाईँ सुन्दै हुनुहुन्छः

भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

जाजरकोट । जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ ।

सो पुलको २०७६/०८/१५ मा सम्झौता भैइ २०७७/०/१५ मा कार्य सम्पन्त गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

दुई करोड २८ लाख ७१ हजार एक सय ८७ रुपैंया लागतको उक्त पुलको लम्बाई २५.६० मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।

तोकेको समय अगावै पुल निर्माण गर्ने गरी काम भइरहेको छ । पुलको दुवै तिर ‘फाउन्डेसन’ तयार गर्ने काम भइरहेको निर्माण व्यवसायी जनबहादुर बुढाले बताउनु भएको छ । तोकिएको समयअवधीमा नै पुल निर्माण हुन्छ बुढाको भनाई छ ।

पुल बनेपछि जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत बिभिन्न स्थानमा यातायात सेवा सन्चालनमा सहज हुने छ ।

बर्खामा पुल नहुँदा यातायातका साधन खोला वारपार गर्न निकै सास्ती खेप्नु परेको यातायात व्यवसायी भीमबहादुर बसढाले बताउनुभयो । पुल निर्माणको काम तिव्र गतिले भइरहको छ, बर्खा अगाडि नै पुल बन्यो भन्ने विगत जस्तो दुः ख भोग्नु नपर्ला बुढाले भन्नुभयो ।

जाजरकोट डोल्पा एक सय १८ किलोमिटर सडकको नेपाली सेनाले एक बर्षअघि ट्र्याक ओपन गरेको थियो । अहिले सो सडक खण्डको स्तोरोन्नतिको नहँुदा यातायात सञ्चालनमा अफ्ठेरो हुने गरेको छ । यस सडकको दर्जन बढी नदि तथा खोलामा पुल नबन्दा स्थानीयबासीलाई समस्या हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button