गैर आवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चाँसो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
सोही अवसरमा संघका अध्यक्ष कुमार पन्तले संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छ्टिै त्यसलाई टुंगो लगाइने आश्वासन दिनुभयो ।
अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलन बारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्वकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चाँसो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्