नवनिर्वाचित सभामुख सापकोटाले लिनुभयो पद तथा गोपनीयताको सपथ (फोटो फिचर)

काठमाडौं ।नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ।

आज बिहान ११ बजे राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुभएको थियो ।

प्रतिनिधिसभाले आइतबार सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको हो । 
















प्रतिक्रिया राख्नुहोस्