विद्युत् महशुल नबुझाउने ११९ जना ग्राहकको लाइन काटियो
रोल्पा । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज अन्तरगत रोल्पा वितरण केन्द्रबाट वितरण गरिएको बिद्युतको महशुल लामो समयसम्म नतिर्ने १ सय १९ जना ग्राहकको बिद्युतको लाइन दशै र तिहारको बिचको समयमा काटिएको छ भने ती ग्राहकले करिब ११ लाख ५० हजार ४ सय २३ रुपैयाँ महशुल तिर्न बाकी छ ।
त्यसैगरी बिद्युत् महशुल तिर्ने सहमति जनाएपछि ९५ जना ग्राहकको लाइन जोडे बापत ९ लाख ४७ हजार १ सय ४० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ सबैभन्दा धेरै महशुल तिर्न बाकी रोल्पा सिमेन्ट प्रालीको भएकोले प्रत्येक महीना किस्ताबन्दीमा तिर्ने सहमतिकारसाथ महशुल बुझाउन थालेपछि लाइन जोडिदिएको रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले बताउनुभयो
विद्युत् महशुल लामो समयसम्म नबुझाउने ग्राहकको लाइन काट्ने कार्यक्रम जारी छ लाइन काटिएका ग्राहकले जरिवाना सहित बुझाउन बाकी रहेको रकम बुझाएमा लाइन जोडिदिने कार्यालय प्रमुख शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्