शहीद स्मारक ए डिभिजन लिगः सोमबारदेखि नवौं चरणका खेल
अजय बम । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुदै छ ।
आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङको १६ अंक छ ।
नवौं चरण अन्तर्गत सोमबारदेखि खेल शुरु हुने छन् । यी खेलहरु मध्ये ४ चार रंगशाला र तीन खेल एन्फा मैदान सातदोवाटोमा सञ्चालन गर्ने गरि तालिका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नवौं चरणको पहिलो खेलमा सोमबार विभागीय टीम भिड्ने छन् । जसमा एपीएफ र नेपाल पुलिस मध्यान्ह १२ बजे भिड्ने छन् । यस्तै सोमबार नै दिउँसो तीन बजे मछिन्द्र र थ्रीस्टार आमने सामने हुने छन् ।
मंगलबारका दुवै खेल सातदोवाटो एन्फा मैदानमा हुने छ । पहिलो खेलमा विहान साँढे ११ बजे हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्ने छन् । मंगलबार नै जावलाखेल युथ क्ल्ब र त्रिभुवन आर्मीले दिउँसो तीन बजे खेल्ने छन् ।
बुधबार एउटा मात्रै खेल हुने छ । जसमा मनाङ र संकटाले एन्फा मैदानमा दिउँसो तीन बजे प्रतिस्पर्धा गर्ने छन् ।
विहीबार आठौं चरणका अन्तिम दुई खेल भने रंगशालामा हुने छन् । मध्यान्ह १२ बजे फ्रेण्ड्स र च्यासल तथा दिउँसो तीन बजे एनआरटी र व्रिगेड ब्वाईजले खेल्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्