तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायमा भूमिका खोज्दै महिला पर्यटन व्यवसायी

रासस । पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिका खोजी गर्दै छलफल चलाएका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आइतबार आयोजना गरेको ‘पर्यटन व्यवसायमा महिला अवसर र चुनौती’ विषयक अन्तरक्रियामा व्यवसायी महिलाहरु व्यवसायलाई सफल बनाउन कसरी अगाडि बढ्ने र व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन् ।

‘आर्थिक विकासका लागि पर्यटन व्यवसाय महिला’ भन्ने नारासहित स्थापित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले सदस्यहरुको क्षमता विकासका लागि विभिन्न तालीम प्रदान गर्दै आइरहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिनुभयो ।

संस्थाका सल्लाहकार पर्यटन व्यवसायी दुर्गा देवकोटाले अन्तरक्रिया कार्यक्रमले महिलाले जीवन भोगाइका विषयवस्तुसँगै व्यावसायिक क्षेत्रका विभिन्न सवालका विषयमा बुझ्ने अवसर मिलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button