तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

काठमाडौँ। हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । 

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button