तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरका पेट्रोल पम्पमा नापतौल कार्यालयको अनुगमन

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेका पेट्रोल पम्पमा नापतौल कार्यालयले अनुगमन गरेको छ । 

नापतौल कार्यालय बुटवल, जिल्ला प्रशासन कार्यालय नवलपुर सहितको टोलीले जिल्लामा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत भरत सापकोटाले बताउनुभयो ।

टोलीले कावासोती, देवचुली र गैँडाकोटका पेट्रोल पम्पको अनुगमन गरेको हो । पम्पहरूले बिक्री गर्दा देखाउने लिटर ठिक भए नभएको एकिन गर्न अनुगमन गरिएको गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक गणेश पौडेलले बताउनुभयो । अनुगमनका क्रममा केही पेट्रोल पम्पहरूमा  परिमाणमा सामान्य कैफियत देखिएको छ । त्यस्ता पम्पहरूलाई तीन दिनभित्र सुधार गर्न निर्देशन गरिएको निरीक्षक पौडेलले बताउनुभयो ।

जिल्लामा पेट्रोल पम्पको परिमाणको अनुगमनसँगै आयल निगमसँग समन्वय गरि गुणस्तरको समेत परिक्षण गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button