तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनभएको छ ।  आज बसेको प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको थियो  ।

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अग्निप्रसाद सापकोटालाई सभामुख बनाइयोस भनी प्रस्ताव गर्नु भएको थियो भने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button