तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पका घाइतेको उपचारका लागि नेपालगञ्जमा ९३ पिन्ट रगत सङ्कलन

नेपालगञ्ज । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारमा सहजताका लागि नेपालगञ्जमा रगत सङ्कलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत सङ्कलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले बिरामीको लागि आवश्यक परेमा अब रगतको अभाव नहुने जानकारी दिनुभयो ।

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले घाइतेहरूको उपचारमा सहजताका लागि रगतको प्रशस्त मौज्दात रहेको जानकारी दिनुभयो ।

भूकम्पका घाइतेहरूलाई शुक्रबार बिहान ३ बजेदेखि नेपालगञ्ज भेरी अस्पतालमा उपचार शुरु गरिएको थियो । हाल भेरीमा ३७ जना बिरामीको उपचार भइरहेको छ । एक जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै खतरामुक्त छन् ।




प्रतिक्रिया राख्नुहोस्

Back to top button