तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि सङ्कट रहेको उल्लेख गर्नुभयो । विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उहाँले योजना निर्माण र बजेट विनियोजनमा त्रुटि रहेको औँल्याउनुभयो ।

इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button