तपाईँ सुन्दै हुनुहुन्छः

‘नेकपा—राजपाको सहकार्य लामो समयसम्म रहन्छ’

महोत्तरी । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा—राजपाको गठबन्धन र सहकार्य लामो समयसम्म रहने बताउनुभएको छ ।

राष्ट्रिय सभामा निर्वाचित प्रतिनिधिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महोत्तरीद्वारा बर्दिवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरलले तराई मधेशको विकास र समृद्धि दुवै पार्टीको सहकार्य र समन्वयमा हुने हुँदा २ नम्बर प्रदेश सभामा समेत सहकार्य र गठबन्धन आवश्यक रहेको बतउनुभयो ।

हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको लागि प्रदेश नम्बर २ मा नेकपा राजपाबीच भएको चुनावी एकता र सहकार्य निर्वाचनको लागि मात्रै नभएको भन्दै उहाँले यो सुरुवात मात्रै भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button