तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कोहलपुर गोल्डकपको दोस्रो दिन आज गोर्खा ब्वाईज र सुदूरपश्चिम भिड्ने 

बाँके । बाँकेको कोहलपुरमा जारी भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज (बिहीबार) गोर्खा व्वाईज स्पोर्ट्स क्लब, बुटवल र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब, धनगढी भिड्ने भएका छन् । रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगिताको खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुने आयोजक संस्थाका अध्यक्ष चक्र चिमाल क्षेत्रीले जानकारी दिनुभएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार उद्घाटन गर्नुभएको थियो। उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लब कोहलपुर बाहिरिएको थियो।

ए.पी.पावर चर्च व्वाईज यूनाईटेड,काठमाडौँले उद्घाटन खेलमा विजयी सुरुवात गरेको थियो । प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्। उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेताले ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।

फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र टिनको अस्थायी पर्खाल निर्माण गरिएको छ। खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरिएको छ। उद्घाटन खेल निःशुल्क अवलोकन गराइएकोमा आजदेखि टिकट काटेर शुल्क लिइने आयोजकले जनाएको छ ।

गत वर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधि एफसी क्लब क्यामरुनुले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाडौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । यसपटक भने प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँसहित ट्रफि र दोस्रोलाई चार लाख प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button