तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको चियापान कार्यक्रम (फोटोफिचर)

काठमाडौँ । दशै तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको चियापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,  पूर्वप्रधानमन्त्रीहरु, शेरबहादुर देउवा, डाक्टर बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको छ । 

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको चियापान समारोहमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलगायतका शीर्ष नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । 

त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि चियापान समारोहमा सहभागी हुनुभएको छ ।  

समारोहमा रास्वपाका अध्यक्ष रवि लामिछाने, लोसपाका अध्यक्ष महन्त ठाकुर,  नेताहरू राजेन्द्र महतोलगायतका नेताहरू पनि एमालेले आयोजना गरेको चियापान समारोहमा सहभागी हुनुभएको छ । 

चियापान समारोहमा नेपालस्थित विभिन्न राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि  उपस्थित  हुनुभएको थियो ।  

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रित गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button