घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते
कास्की । घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते हुनुभएको छ ।
आज बिहान पोखराको नदीपुरको वाल्मन्दीर माध्यमिक विद्यालयको पछाडि घाँस काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते हुनुभएको हो ।

बिहान मर्निङ वाक गएर घरमा फर्के लगतै गाइलाई घाँस काट्न जानुभएका घिमिरे लडेर घाइते हुनुभएको पोखराका गायक विनोद बानियाले बताउनुभयो ।
घिमिरेको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको तथा थप उपचारका लागि काठमाडौँ लैजाने विषयमा चिकित्सकसँग परामर्श भइरहेको परिवारले जनाएको छ ।
कलाकार घिमिरेको स्वास्थ्योपचारका लागि कुनै कसर बाँकी नराख्न पोखराका मेयर धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्