तपाईँ सुन्दै हुनुहुन्छः

इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

काठमाडौँ । इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ । 

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरू नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

zjaxfgdf zj /fVb} g]kfnL ;]gf sf7df8f}, % sflQs M Oh/fon o’4df Hofg u’dfPsf bfr{‘nfsf ljBfyL{ nf]s]G›l;+x wfdL / bLk]z/fh lai6sf] ;j cfOtaf/ uf8Ldf /fVb} g]kfnL ;]gfsf] 6f]nL . tl:a/ M ljdnaxfb’/ lai6. /f;;

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ । 

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button