मन्त्री किराँतीद्वारा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापना
भोजपुर । बचत गरेको रकमले केही गर्न सकिन्छ भन्ने उदाहरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बन्नुभएको छ ।

आफु मन्त्री हुँदा स्वागत र बधाइका लागि जम्मा भएको रकमबाट किराँतीले भोजपुरको दुर्गम आमचोक गाउँपालिकाको एक विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको छ । दान पेटिकामा माला र खादाबापत छ लाख चार सय चौतीस रुपैयाँ बचत भएको थियो ।

आमचोक गाउँपालिका ९ दुम्मानामा रहेको सरस्वती माध्यमिक विद्यालयमा मन्त्री किरातीले अक्षय कोष स्थापना गरिदिनुभएको हो ।
अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकमको २५ प्रतिशत सावामा गाभ्दै लगिने र एसइईमा विद्यालयबाट उत्कृष्ट जेहेन्दार एक छात्र र एक छात्रालाई प्रत्येक बर्ष पुरस्कृत गरिने छ । बचत भएको रकमको चेक एक कार्यक्रमबिच मन्त्री किराँतीले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्