तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको  मार्तडीमा अवस्थित मालिका मन्दिरमा चोरी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडिमालिका मन्दिरमा चोरी भएको छ। 

शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले बताउनुभयो ।

मुल ढोका भित्रै रहेको दान पेटीका सिङ्गो उठाएर लिएको समितिले जनाएको छ ।  

पूजा कोठा र भगवतीको मूर्ति राखिएको कक्षमा समेत  तोडफोड भएको छ  भने सोही कक्षमा पूजामा चढाइएको ६ सय ५० रुपैयाँ पनि लिएको मन्दिरका पुजारी कर्ण रावलले बताउनु भयो ।

दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरूको समूहले चोरी गरेको हुन सक्ने आशङ्का गरिएको छ। मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहित  जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button