तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा स्कारपियुकाे ठक्करले मोटरसाइकल चालकको मृत्यु

 दाङ  । दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८/ ३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिनुभयो  । 

बिहीबार राती करिब  अन्दाजी १० बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ जाँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको छ ।

 मृतकको शवलाई अहिले स्वास्थ्य चौकीमै राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button