तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा मात्रै अनुगमन,उपभोक्ता सधै मारमा

नवलपरासी।नियमक निकायले प्राय चाडपर्वमा मात्रै गरिने अनुगमनले त्यति प्रभाकारिता देखिदैन ।मुलत:चाडपर्वमा अनुगमन गरेपनी सधै हुने मूल्य वृद्धिले आम उपभोक्ताको ढाड सेक्दै आएको छ ।सम्बन्धित निकाय सग गुणस्तर मापन गर्ने प्रविधि समेत छैन ।

अहिले केहि स्थानिय तहहरुले बजार अनुगमन गरेपनि स्थानीय तहको एक्लो प्रयासले मात्रै नियन्त्रण गर्न कठिन देखिन्छ ।नवलपरासी भारतिय सिमा सग जोडिएको जिल्ला भएकाले खुला सिमा बाट चोरी तस्करी र अबैध सामानको आयात र पैठारीका कारण अनुगमन गर्ने समयका लागि मात्र प्रभाकारीता देखिने गरेको छ ।

बर्ष दिनमा एक दुई पटक गरिने अनुगमनले आम उपभोक्ताको हित गरेको भने देखिदैन ।चाडपर्वकै मुखमा हुने अस्वभाविक मूल्य वृद्धि नियन्त्रण प्रमुख कुरा रहेपनी नियन्त्रणमा निकै चुनौती देखिन्छ ।भने अर्कातिर सबै उपभोक्ता आफै पनि सचेत भएको देखिदैन ।दशै तिहार जस्ता ठुला चाडपर्वमा बजार चलायमान देखिए पनि भारतिय खुला सिमाका कारण अपेक्षित राजस्व समेत संकलन हुदैन ।

जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख को संयोजकत्वमा अनुगमन उपसमिति बनेको र सो समितिले निरन्तर अनुगमन गरिरहेको उपभोक्ता हित संरक्षण समितिका जिल्ला अध्यक्ष सरस्वती शर्माको दावी छ ।

“हामीले नियमित रुपमा अनुगमन गरिरहेकै हुन्छौ,पसल हरु शिल गरेका थुप्रै उधाहरण पनि छन”शर्माले भन्नू भयो।तर जिल्लामा हुने अनुगमनमा मापदण्ड बिपरित रहेका केही ब्यवसायिहरुलाई कारबाही गरिएको भएपनी दिनहुुँजसो हुने दैनिक उपभोग्य सामानको मूल्य वृद्धि नियन्त्रण भएको भने देखिदैन ।

अनुगमनको क्रममा विभिन्न पसलहरुले सम्बन्धित सरकारी निकायहरुमा पसल दर्ता गरे नगरेको, कर तिरे नतिरेको, सामाग्रीहरुको गुणस्तर लगायतका विषयमा अनुगमन गर्ने गरिएपनी गुणस्तरीयताको मापन भने फितलो देखिन्छ ।अर्का तिर खाध तथा गुण नियन्त्रण कार्यालय सग बाहेक गुणस्तर मापन प्रविधी रहेपनी सबै बजारिया सामाग्रीको लेभलिङ र गुणस्तर हेर्ने कुरा अनुगमनले मात्रै सम्भव देखिदैन ।खुला सिमाका कारण नेपाली ब्यवसायीहरु मारमा परेको ब्यवसायीहरुको गुनासो भने कायमै छ भने अर्कातिर भन्सार छली गरेर सस्तोमा सामान भित्र्याई महङ्गोमा बेच्ने प्रवित्ती पनि यदा कदा देखिने गरेको छ।

अनुगमनका क्रममा मुल्यसुची नराख्ने,म्याद गुज्रेका सामाग्री बेचबिखन,एउटै सामानको पसल पिच्छे मूल्य फरक जस्ता समस्या हरु देखिने गरेको बताउनुहुन्छ उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष ओम प्रकाश अग्रहरी ।”अनुगमन राम्रो कुरा हो त्यति कारबाही भएको त देखिदैन तर कारबाही मात्रै भन्दा पनि सचेत गराउनु प्रमुख कुरा हो सचेत गराउदा समेत अटेर गरेमात्र नियम अनुसार कारबाहीमा जानेहो “अध्यक्ष अग्रहरीको भनाई छ ।

बजारमा तरकारी बिषादी रहित पाईनै छाड्यो,दैनिक खाद्य सामाग्री पनि गुणस्तरीय रहे नरहेको हामिलाई थाहा हुने कुरा भएन ।जति मूल्य परेपनि तिर्नै पर्ने भनाई छ बर्दघाटका स्थानिय उपभोक्ता मिलन पाण्डेको ।”अनुगमन भन्छ्न तर हामिले बजारमा त्यसको महसुस गर्न त्यति पाईएको छैन”पाण्डेले भन्नू भयो ।केही स्थानमा चाडपर्व बाहेक बिरलै हुने अन्य समयको अनुगमन समेत प्रभावकारी बन्न नसकेको आम उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button