दाङमा मोटरसाइकल ठोकिँदा तीन जना घाइते
दाङ । दाङको घोराहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
शुक्रबार बिहान पौने ९ बजेतिर घोराही उपमहानगरपालिका १५ भिंग्रली चोक नजिक लु ७६ प ८१४२ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको रा १ प ९८५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिनुभयो ।
घाइते हुनेमा लमही नगरपालिका ४ निवासी २६ वर्षीय जगदीश चौधरी, मोटरसाइकलमा सवार घोराही १७ निवासी ३२ वर्षीय सन्तोष चौधरी र सोही वडा निवासी १७ वर्षीय सुदन चौधरी (छातीमा चोट) रहेका छन् ।
उहाँहरूको तिनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै दुई वटै मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्