कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दुई जनाको दाबी पेश
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दुई जनाको दाबी पेश भएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्नुभएको हो ।

गठबन्धन दलका शीर्ष नेताहरुबीच आज काठमाडौँमा भएको सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गर्नुभयो ।
उहाँले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेश गर्नुभएको हो ।
यसैगरी शीर्ष नेताहरुबीच भएका सहमतिप्रति असन्तुष्ट आठ जना नेपाली काँग्रेसका सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ सांसदको हस्ताक्षर सहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्