तपाईँ सुन्दै हुनुहुन्छः

सुवास विकलाई पेट्रोल छर्की आगो लगाउने पक्राउ

काठमाडौँ । सुवास विकको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार रहेका अरुण विकलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २२ गते दिउँसो १ः३० बजे पर्सा सोबर्णपुर गाउँपालिका वडा नं. ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को बाफलको ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय अरुणले सोही ठाउँमा काम गर्ने २६ वर्षीय शिबु भनिने सुवास बिश्वकर्माको शरीरमा पेट्रोल छर्कि आगो लगाई फरार भएका थिए ।

आगो सल्किन गई सो स्थानमा रहेका अन्य २ जना समेत गरी जम्मा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । हाल बिरामीको कीर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित माथि थप अनुसन्धान तथा कारबाहीकाको प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button